Connect with us
Kapilvast Forest

नागरिकता विषयमा मधेशका जनतासँग गरेको प्रतिवद्धता पूरा भयो : अध्यक्ष दाहाल

२०७९, ८ श्रावण आईतवारमा प्रकाशित

नेकपा- माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहालले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक/पटक प्रतिबद्धता जनाएको थिएँ। अब यो व्यवहारिक रूपमा कार्यान्वयन भइसकेको छ ।

सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शुक्रबार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी पनि गरिसक्नु भएको हो ।

तपाईँहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हकअधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ उहाँले बताउनु भयो ।

नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ।मधेसी जनताको चाहनाअनुरुप यहाँको शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उहाँले दाबी गरेका हुन् ।

चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ पूर्वप्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय हितका निम्ति नेपाली जनतको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ।

अध्यक्ष दाहालले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले यहाँको जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आगामी चुनावमा मत दिनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ नेता प्रल्हाद बुढाथोकीलगायतले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचार/प्रसार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu