Connect with us
Kapilvast Forest

७१ वर्षमा नागरिकता

२०७९, ८ श्रावण आईतवारमा प्रकाशित

तम्घास- गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ का कमला कुमालले ७१ वर्षको उमेरमा आइतबार नागरिकता लिनुभएको छ । गाउँका सडकमा मागेर खाने अवस्थामा रहेकी कुमाललाई वडा अध्यक्ष केशवराज भण्डारीको पहलमा आइतबार जिल्ला प्रशासनबाट नागरिकता प्रदान गरिएको हो।

कुमालका श्रीमान र छोराछोरी रहे पनि परिवारले उचित व्यवस्थापन गर्न नसकेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो। वडा नम्बर ५ वस्तु रातचौरमा बस्दै आएकी कमलाका तीन छोरा, दुई छोरी र श्रीमान हुनुहुन्छ।

घरपरिवारले उचित व्यवस्थापन नगर्दा र नागरिकता नहुँदा उहाँ राज्यबाट पाउने सेवा सुविधाबाट पनि बञ्चित हुनुहुन्थ्यो। नागरिकता प्राप्त गरेपछि अब उहाँले राज्यबाट पाउने सबै सेवा सुविधाका लागि आफूले पहल गर्ने वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

कमलाका श्रीमान फत्तबहादुर कुमालको सिफारिसमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीकी प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu