Connect with us
Kapilvast Forest

दोब्बर राजस्व सङ्कलन

२०७९, ९ श्रावण सोमबारमा प्रकाशित

सिन्धुपाल्चोक- आर्थिक वर्ष २०७८/७९ मा तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन भएको छ । एक अर्ब ४६ करोड लक्ष्य राखिएकामा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।

अघिल्ला आर्थिक वर्षमा चार अर्ब ५० करोड लक्ष्यमा एक अर्ब दुई करोड सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा चार अर्ब ६२ करोड लक्ष्य लिइएको प्रमुख गौतमले जानकारी दिनुभयो ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि आयातमा कमी आएपछि तातोपानी नाकाबाट राजस्व सङ्कलनमा कमी आइरहेको छ । भूकम्प, भोटेकोसी नदीमा बाढीपहिरो, सडक कटान, कोरोना भाइरस सङ्क्रमण, चीनबाट सामान आयातमा कमीलगायतका समस्याका बाबजुद पनि २०७८/७९ मा २३३ प्रतिशत राजस्व सङ्कलन गरिएको प्रमुख गौतमले जानकारी दिएका छन् ।

सो राजस्व सङ्कलन हुनुमा चीनबाट सामान आयात, मापदण्डको पालना, व्यापारी, व्यवसायीलाई प्रशिक्षण, भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपास प्रणाली, चुस्त दुरुस्त सेवालगायतका कारण तातोपानी नाकाबाट राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको सो कार्यालयले जनाएको छ । भूकम्पअघि दैनिक डेढ करोड राजस्व सङ्कलन हुने सो नाकामा अहिले न्यून रूपमा राजस्व सङ्कलन भइरहेको छ ।

चीनबाट डेढ सयभन्दा बढी दैनिक मालवाहक कन्टेनर भित्रिने तातोपानी नाकाबाट अहिले मुस्किलले दैनिक चारदेखि आठवटा कन्टेनर भित्रिने गरेका छन् । उक्त नाकाबाट अहिले रोलकपडा, स्याउ, मेसिनरी उपकरण आयात हुँदै आएको छ ।

भूकम्पपछि तातोपानी नाका आंशिक रूपमा मात्रै खुलेको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले तातोपानी नाका र रसुवागढी नाकालाई पूर्ण रूपमा सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायले लिखित, मौखिक जानकारी गराउँदा पनि नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो । आंशिक खुलिरहेको सो नाकाबाट निर्यात शून्य हुँदा मारमा परेको उहाँले पीडा सुनाउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार २० वर्षअघि देखि सञ्चालनमा रहेको सो नाकामा एक हजार चार सय कन्टेनर, दुई हजार आठ सय चालक, सहचालक, पाँच हजारभन्दा बढी मजदुर, सयौँ व्यापारी, व्यवसायी बेरोजगार र विस्थापित भएका छन् ।

तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा ३५ किलोमिटरमाथि रहेको ‘क्यानोन कु’ ताल फुट्न सक्ने भन्ने हल्लाले पनि दुई वर्षदेखि तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu