Connect with us
Kapilvast Forest

२३ लाख नगद सहित भारतीय नागरिक पक्राउ

२०७९, १० श्रावण मंगलवारमा प्रकाशित

ढल्केवर- जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरीले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने–९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेको छ ।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१२, कुर्थास्थित महादेव मन्दिर नजिकैबाट समीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बिआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा सवार भई लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको अवस्थामा समीको शरीर खानतलासी गर्दा स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० नेपाली रुपियाँ बरामद भएको प्रवक्ता क्षेत्रीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu