Connect with us
Kapilvast Forest

विदेशी बैंकमा करोडौंको शंकास्पद कारोबार भएको देखिएपछि एक पक्राउ

२०७९, १० श्रावण मंगलवारमा प्रकाशित

विदेशीबैंकमा करोडौं – रकमको शंकास्पद कारोबार भएको पाएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।नुवाकोट विदुर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनीमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाएको थियो। श्रेष्ठबाट प्रहरीले दुई-दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो। बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो ।

त्यहाँ परीक्षण गरी प्राप्त भएको प्रारम्भिक प्रतिवेदनबाट श्रेष्ठको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिएको हो। कमन-वेल्थ बैंक अफ अस्ट्रेलियामा एक लाख ९४ हजार २८५.५६ डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१.३८ डलर र यही बैंकबाट सेयर समेत कारोबार गरेको देखिएको प्रहरी उपरीक्षक मैनालीले बताउनु भयो ।

मैनालीका अनुसार श्रेष्ठले नेपालका विभिन्न बैंकहरूमार्फत् नेपाली कम्पनीहरूमा पनि सेयर लगानी गरेका छन्। नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपैयाँभन्दा धेरै रकममार्फत श्रेष्ठले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको हो। त्यस्तै एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ।

काठमाडौं-१४ कलंकीमा जग्गा, लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति पनि देखिएको मैनालीले जानकारी दिनुभयो ।

उनको खातामा भएका रकम तथा कारोबारहरू शंकास्पद देखिएपछि श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

                                                                                                                                सभा सेतोपाटि

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu