Connect with us
Kapilvast Forest

च्याउ खाँदा एकै घरका ५ जना बिरामी

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

बैतडी – विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।

च्याउ खाएपछि १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता, १० वर्षीय किरन, आठ वर्षीया सोनिया र चार वर्षीया दिव्या जोशी बिरामी भएका बैतडीका प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी परेकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

उनीहरुले हिजो बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu