Connect with us
Kapilvast Forest

पुनर्निर्माण गर्न जनता र प्रतिनिधि सँगसँगै

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

सङ्खुवासभा- सङ्खुवासभामा यस वर्ष पहिरोले दर्जनौँ घर परिवार विस्थापित बनाएको छ। बाढी र पहिरोले नागरिकलाई विस्थापित मात्र बनाएन विभिन्न संरचनामा समेत क्षति पु-याएको छ।

यस वर्ष हालसम्म चिचिला गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्कमा छ। बाढी पहिरोले चिचिला गाउँपालिकामा मात्र १६ परिवार विस्थापित बनाएको छ भने ठाउँ ठाउँमा पहिरो जाँदा सडक तथा गोरेटो बाटोमा क्षति पुगेको छ।

पछिल्लो समय पानी पर्न कम भएसँगै भत्किएका सडकलगायत सार्वजनिक संरचना मर्मतका लागि जनप्रतिनिधिसँगै स्थानीय श्रमदानमा जुट्न थालेका छन्।

भत्किएका संरचना निर्माण गर्न पालिकाको बजेटले नपुग्ने भएकोले स्थानीय नागरिकलाई श्रमदानका लागि जनप्रतिनिधिले आह्वान गरेपछि स्थानीय श्रमदानमा जुटेका हुन्।

पाँचवटा वडा रहेको चिचिला गाउँपालिका–४ बाट श्रमदान सुरु गरिएको वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयो। सडक मर्मतको लागि नागरिकलाई श्रमदानमा जुट्न अनुरोध गरेको वडाध्यक्ष तामाङले बताउनुभयो।

नागरिकलाई श्रमदानमा आकर्षित गराउन गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत सबै जनप्रतिनिधि अग्रपङ्त्तिमा खटिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको भनाइ छ।

श्रमदानमा सबै जनप्रतिनिधि सहभागी हुँदा स्थानीय उत्साहित भएर श्रमदानमा जुटेको अध्यक्ष शेर्पाको भनाइ छ। “स्थानीयवासीले यसअघि पनि श्रमदान नगरेको त होइन तर सबै जनप्रतिनिधिको प्रत्यक्ष सहभागिताले थप उत्साह मिलेको छ अध्यक्ष शेर्पाले भन्नुभयो।

वडा नम्बर ४ बाट सुरु गरिएको श्रमदानमा अन्य वडाको प्रायः सबै जनप्रतिनिधिको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो।चिचिला गाउँपालिकाको अधिकांश सडक बाढी र पहिरोले भत्काएको छ।

उक्त सडक मर्मतको लागि करोड भन्दा बढी रकम आवश्यकपर्ने गाउँ कार्यपालिकाले अनुमान गरेको थियो। उक्त बजेट गाउँपालिकाबाट विनियोजन गर्न सक्ने अवस्था नरहेपछि पालिकावासीलाई श्रमदानको आह्वान गरेको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो।

गाउँपालिकाको महŒवको क्रमगत आयोजनामा ठूूलो रकम राख्नु पर्दा विपत् कोषमा पर्याप्त बजेट राख्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ। जिल्लामा नै चिचिलालाई सबैभन्दा थोरै बजेट प्राप्त भएपछि विपत्मा आवश्यकतानुसारको बजेट राख्न नसकिएको उहाँले प्रस्ट पार्नुभयो।

यस वर्ष भत्किएका प्रायः सबै संरचना श्रमदानले नै सम्पन्न गर्ने तयारी गरिएको विपत् व्यवस्थापन समिति संयोजक एवम् वडा नम्बर ४ का अध्यक्ष जितबहादुर राईले जानकारी दिनुभयो।

अत्यावश्यक तथा मानवीय स्रोतबाट सम्भव नभएको ठाउँमा मात्र पालिकाको बजेट प्रयोग गरिने अध्यक्ष राईले बताउनुभयो। आथिक वर्ष २०७९/८० मा विपत् व्यवस्थापनको लागि ५० लाख रुपियाँ रकम विनियोजन गरे पनि उक्त रकमले विस्थापितको पुनस्थापना गर्न अपुग हुने राईले जानकारी दिनुभयो।

चिचिला गाउँपालिका बाढी र पहिरोको मात्र नभएर असिनाको पनि प्रकोप क्षेत्र हो । गत मङ्सिरमा पाकेको धानलाई असिनाले कुटेर नष्ट बनाएको थियो भने गत वैशाखमा उम्रिँदै गरेको मकै, आलुलगायतका बालीलाई नष्ट गरेको थियो। उक्त क्षति बापत पनि गाउँपालिकाले पीडितलाई राहत वितरण गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu