Connect with us
Kapilvast Forest

एसईई रिजल्ट : ९६३३ जनाले ल्याए A+

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

see

काठमडौं- माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो।

कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्। त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ रहेको छ।

त्यस्तै २.० देखि २.४ जीपीए एक लाख १२ हजार ७३३, २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५९८ जना रहेको छ। त्यस्तै ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६२७ रहेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ।

सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिएइ । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बोर्डको बैठकले आज एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए । पाँच लाख १४ हजार सात सय ६० जनाले यसवर्ष एसईई परीक्षा दिएका थिए। गत वैशाखमा एसईई परीक्षा भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu