Connect with us
Kapilvast Forest

ठूला दलको मनपरितन्त्र रोक्न बलियो राप्रपा आवश्यक : लिङ्देन

२०७९, १२ श्रावण बिहीबारमा प्रकाशित

राप्रपाका – अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलको मनपरितन्त्र रोक्न बलियो राप्रपाको आवश्यकता औंल्याएका छन् । बुधबार धनगढीमा विभिन्न राजनीतिक दल परित्याग गरेर राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै उनले यस्तो जनाएका हुन् ।

हामी संघ र प्रदेशको निर्वाचनको निकट छौं अध्यक्ष लिङ्देनले भने यो निर्वाचन एउटा अवसर हो, एकताबद्ध हुन ढिला नगरौं, गल्ती गरेर पछुतो मान्ने छुट देशभक्त राष्ट्रवादी नेता कार्यकर्ता र आम मतदातालाई छैन ।

नवप्रवेशीहरुले षड्यन्त्रपूर्ण ढंगबाट हटाइएको हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै आफूहरू बिना शर्त राप्रपा प्रवेश गरेको उनले जानकारी गराउनु भएको थियो ।

पार्टी प्रवेश गर्नेमा एमाले परित्याग गरेका राजेश भण्डारी, रोम स्वाँर, स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार विजयी गराउने अभियानका संयोजक दानबहादुर रावल, डिल्ली जैसी, सम्राट सिंहसहित एमाले, काँग्रेसलगायत विभिन्न राजनीतिक दलमा महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तित्वहरु रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu