Connect with us
Kapilvast Forest

चितुवाको छालासहित दुई : जना पक्राउ

२०७९, १३ श्रावण शुक्रबारमा प्रकाशित

महेन्द्रनगर- कञ्चनपुरमा चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको छ । कृष्णपुर नगरपालिका –३ देखतभुलिबाट डडेल्धुराको अमरगढी नगरपालिका ३ काँडेघर भएका ४० वर्षिया मालती मल्ल सेठी र वडा २ जोसिनाका २९ बर्षिय मोहन साकी चितुवाको छालासहित प्रहरीले पक्राउ प्रहरीले गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहको संयुक्त टोलीले बिशेष सूचनाका आधारमा देखतभुलीस्थित निरञ्जन मल्लको घरबाट सो छाला बरामत गरेको बताउनु भएको छ ।

एउटा छाला ८ फिट ८ ईन्च लम्बाई र ३ फिट चौडाईको छ । यस्तै, अर्को ७ फिट २ ईन्च लम्बाई र दुई फिट ८ ईन्च चौडाईको रहेको प्रहरीको भनाइ छ । २ थान चितुवाको छालासहित उनिहरुलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक चक्रबहादुर शाहले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो पक्राउ परेका दुवै जना कुखुरा फार्ममा काम गर्ने कामदार हुन् पहाडबाट छाला ल्याएर यता लुकाएको हुनसक्छ उनिहरुलाई वन कार्यालयको जिम्मा लगाउँछौ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj