Connect with us
Kapilvast Forest

पाल्पामा पुँजीगततर्फ ६० प्रतिशत मात्रै बजेट खर्च

२०७९, १३ श्रावण शुक्रबारमा प्रकाशित

पाल्पा- पाल्पामा आर्थिक वर्ष आव २०७८/०७९ का लागि विनियोजन भएको कुल बजेटको ७८ प्रतिशत खर्च भएको छ । जिल्लास्थित कार्यालयहरूको चालुतर्फ र पुँजीगततर्फ विनियोजन भएको कुल बजेट १४ अर्ब ९७ करोड ६१ लाख बजेटमध्ये ११ अर्ब ६३ करोड १० लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले बताएको छ ।

जिल्लास्थित सङ्घीय र प्रदेश सरकार मातहत रहेका कार्यालयहरूका लागि गत आव २०७८/०७९ मा पूँजीगततर्फ सात अर्ब ३१ करोड ८९ लाख बजेट प्राप्त भएको थियो । उक्त बजेटमध्ये दुई अर्ब ९८ करोड १२ लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख शशिन्द्र खातीले जानकारी दिनुभयो ।

पुँजीगत बजेटमध्ये गत आव २०७८/०७९ मा ६० प्रतिशत मात्र खर्च भएको उहाँले जानकारी दिनुभयो । यस्तै, चालु खर्चतर्फ प्राप्त भएको सात अर्ब ६५ करोड ७२ लाख रकममध्ये सात अर्ब ३० करोड २० लाख रुपियाँ खर्च भएको छ । यो खर्च चालुतर्फको कुल बजेटको ९५ प्रतिशत हो ।

गत आवमा पुँजीगततर्फको सबैभन्दा धेरै सडक डिभिजन कार्यालय पाल्पा र कालीगण्डकी कोरिडोरको बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । सडक डिभिजन कार्यालय पाल्पाका लागि पुँजीगततर्फ विनियोजन भएको ५३ करोड चार लाख ३९ हजार बजेटमध्ये २५ करोड ९१ लाख ६२ हजार रुपियाँ मात्र खर्च भएको छ ।

यो कुल रकमको ४९ प्रतिशत रकम हो । जिल्लाको सडक निर्माणका लागि आएको बजेट खर्च हुन नसकी डिभिजन कार्यालयबाट फिर्ता भएको हो । उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग आयोजनाका लागि प्राप्त कुल पुँजीगत बजेट तीन अर्ब ६४ करोड १ लाख बजेटमध्ये एक अर्ब ७३ करोड १२ लाख मात्र खर्च भएको छ ।

यो बजेट कुल पुँजीगत बजेटको ४७ प्रतिशत मात्र हो । यसरी जिल्लाको भौतिक पूर्वाधार निर्माणका लागि प्राप्त भएका करोडौँ बजेट खर्च हुन नसकी फिर्ता भएको कार्यालयको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकार मातहत रहेको सडक पूर्वाधार कार्यालयमा प्राप्त ७५ करोड ४४ लाख १८ हजर बजेटमध्ये ४६ करोड ८९ लाख २२ हजार मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ । यस्तै, शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाका लागि प्राप्त पुँजीगत बजेट १८ करोड ४६ लाख मध्ये आठ करोड ७२ लाख मात्र खर्च भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu