Connect with us
Kapilvast Forest

सडक खुलाउने क्रममा प्रहरी : घाइते

२०७९, १५ श्रावण आईतवारमा प्रकाशित

म्याग्दी- जिल्ला मुस्ताङको जोमसोम–कोराला सडक खण्डको पाण्डा खोलामा अवरुद्ध सडक खुलाउने क्रममा करेन्ट लागेर एक जना प्रहरी गम्भीर घाइते हुनुभएको छ। बिहीबार बेलुकादेखिको वर्षाले गर्दा पाण्डा खोलामा आएको बाढीले आफ्नो धार परिवर्तन गर्दा शुक्रबार बिहानैदेखि पटक पटक अवरुद्ध भएको सडक खुलाउने क्रममा साँझ करेण्ट लाग्दा घाइते भएका हुन् ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर थापा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको हो। थापा शुक्रबार साँझ पाण्डाखोला नजिक डाइभर्सन हेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताउनु भयो ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुस्ताङको पान्डा खोलाले धार परिवर्तन गर्दा सडक अवरुद्ध भएको थियो। कालीगण्डकी कोरिडोरअन्तर्गत जोमसोम–कोराला सडक खण्डअन्तर्गतको जोमसोम–कागबेनी खण्डमा पर्ने उक्त खोलामा ५० मिटरको पक्की भए पनि खोलाले पुलभन्दा अन्यत्रबाट बग्न थालेपछि सडक अवरुद्ध हुँदा मुक्तिनाथ दर्शनका लागि जाने र फर्कने दर्शनार्थीलाई दिनभर सास्ती भएको थियो।

प्रहरी सहायक निरीक्षक थापा खोला तर्काउने मार्ग अवलोकन गर्ने क्रममा एक्कासि बिजुलीको नाङ्गो तार भएको स्थानमा पुग्दा घाइते हुनुभएको थियो। विद्युत्को नाङ्गो तार जमिनदेखि नजिकै रहेको र उक्त तारमा टाउकोले छोएर करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सुवेदीले बताए ।

करेन्ट लागेर घाइते भएका थापालाई जोमसोम अस्पतालमा सामान्य उपचार पछि शुक्रबार राति मणिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको थियो। मणिपाल शिक्षण अस्पतालबाट शनिबार नेपाल प्रहरी अस्पताल काठमाडौँ रिफर गरिएको र उहाँको अवस्था स्थिर रहेको अस्पतालले जनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो। सामान्य पानी पर्दा पनि मुस्ताङको पाण्डा खोलाले धार परिवर्तन गर्दा सँधै सताउने गर्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu