Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीद्वारा गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको उद्घाटन

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्नुभएको छ। वि.सं. २०५३ मा यस गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् शान्ति प्रक्रियाका नायक पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो।

वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप मुलुकमा प्रजातन्त्र पुनः स्थापना भएपश्चातका सरकारबाट काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणको कारण पवित्र बागमती नदी र यसका सहायक नदीलाई उपत्यका भित्र स्वच्छ, सफा, हराभरा र जीवन्त राख्न विभिन्न प्रयासको थालनी भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाल सरकारको १५ औं योजना अनुसार प्रशोधनसहितको फोहोर पानीबाट लाभान्वित जनसङ्ख्या २० प्रतिशत तथा दीगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको जानकारी दिनुभयो ।

हालसम्म नेपाल सरकारको ध्यान सम्पूर्ण नेपाली जनतालाई खानेपानी उपलब्ध गराउनेतर्फ केन्द्रित रहेकोमा फाहोर पानी प्रशोधन कार्यलाई पनि प्राथमिकताका साथ एकीकृतरुपमा अगाडि बढाउनु आजको आवश्यकता भएको हो मन्त्री चौधरीले बताए ।

उहाँले ढल तथा फोहोर पानी व्यवस्थापन गर्ने कार्य विभिन्न निकायबाट भइरहेको र यी निकायबीच उपयुक्त समन्वयको अभावमा अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको औंल्याउनु भयो।

सोही लक्ष्य प्राप्तिका लागि पहिलो प्रयास स्वरुप हिन्दुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रको वातावरणीय सुधारका लागि, पशुपति क्षेत्रको माथिल्लो तटीय क्षेत्रमा बागमती नदीलाई स्वच्छ, सफा बनाउन यसै परिसरमा तीन करोड २४ लाख लिटरप्रति दिन क्षमताको फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ।

यसको मूल उद्देश्य पशुपतिनाथ मन्दिरको उपल्लो तटीय क्षेत्रमा फोहोर पानी प्रशोधन गरेर बागमती नदीमा बिसर्जन गर्न सकियोस् जसले गर्द पशुपतिनाथ मन्दिर र आर्यघाट क्षेत्रमा सफा पानी उपलब्ध गराउनु रहेको छ।

मन्त्री चौधरीले भन्नुभयो समग्र काठमाडौं उपत्यका भित्र बागमती र यसका सहायक नदीमा धेरै प्रदूषण हुनु, नदी अतिक्रमण हुनु नदी प्रणालीमा न्यूनतम पर्यावरणीय बहाव कमी हुनु तथा जलचर र वनस्पति नासिँदै जानुजस्ता समस्याले गर्दा काठमाडौं उपत्यकाको सभ्यतामाथि चुनौती थपिइरहेको छ।

प्रशोधन केन्द्रले चावहिल, गोकर्ण, मित्रपार्क, बौद्ध, गौरीघाट, जोरपाटी, गोठाटार लगायत नौ सय ९५ हेक्टर क्षेत्रमा रहेको करीब तीन लाख बासिन्दालाई सेवा पुग्ने छ। यो प्रशोधन केन्द्र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रशोधन केन्द्र भएको मानिन्छ।

समग्र काठमाडौं उपत्यका भित्रका बागमतीलगायत अन्य सहायक नदीलाई स्वच्छ, राख्नका लागि धोविघाट, बालकुमारी, सल्लाघारी, गोकर्ण तथा हनुमानघाटमा निर्माण शुरु गरिएका प्रशोधन केन्द्र यथासक्य छिटो सम्पन्न गर्न आवश्यक छ रहेको भनाइ पनि मन्त्री चौधरीको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu