Connect with us
Kapilvast Forest

घोप्टेभीरको पहिरोका कारण : वैकल्पिक मार्ग

२०७९, १८ श्रावण बुधबारमा प्रकाशित

म्याग्दी- लगातारको वर्षाका कारण सोमबार मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीरमा पहिरो गई सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गको प्रयोग गरिएको छ । सोमबार बिहानै घोप्टेभीरमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएपछि उक्त मार्गबाट पैदल यात्रा अहिले सम्भव छैन । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार अहिले पैदल यात्रा पनि बेनी–जोमसोम सडकखण्डको काभ्रे भीर हुँदै असम्भव छ ।

म्याग्दीको अन्नपूर्ण गउँपालिकाको दाना, काभ्रे, बाँदरजुङ, घोप्टेभीर हुँदै जाने बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुँदा अहिले म्याग्दीको अन्नपूर्ण गउँपालिका–४ नारच्याङको कोप्चेपानी, पहिराथाप्ला हुँदै घाँसा निस्कने सडकबाट यात्रु हिँड्न थालेको सुवेदीको भनाइ छ ।

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले थासाङ गाउँपालिका–४, घाँसाभन्दा केही तलको म्याग्दी मुस्ताङ बोर्डरभन्दा केही माथि पहिरो झरेर सडक अवरुद्ध भएको जानकारी दिनुभयो ।

बेनी–जोमसोम ट्र्याक खुलेपछि सवारी चल्न थालेसँगै २०६३ पछि नियमित पैदल यात्रा बन्द भएको क्षेत्रमा सामान्य रूपमा विदेशी पर्यटक ट्रेकिङका लागि हिँड्ने गरेको भए पनि अरू त्यस क्षेत्रबाट नहिँड्ने अध्यक्ष गौचनको भनाइ छ ।

बेनी–जोमसोम सडकखण्डको ट्र्याक नखुल्दै म्याग्दीको दाना हुँदै रुप्से झरना नजिकैबाट कालीगण्डकीको पुल तरेर पारिपट्टि कोप्चेपानी हुँदै जाने पैदल मार्ग थियो । घोप्टेभीरको पहिरोले गर्दा २०६३ देखि खासै धेरै प्रयोगमा नआउने गरेको सोही मार्ग अहिले प्रयोगमा आएको अन्नपूर्ण गाउँपालिका–३, दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनको भनाइ छ ।

बेनी नगरपालिकाको जलेश्वर; रघुगङ्गा गाउँपालिकाको गलेश्वर र बेगखोला; अन्नपूर्ण गाउँपालिकाको नौनीबगर, रुप्सेमा सडक पटक–पटक अवरुद्ध हुने गरेको छ ।त्यस्तै म्याग्दी र मुस्ताङको सिमानानजिकै मुस्ताङतर्फ घोप्टे भीरमा पहिरो जाँदा सडक दुई दिनदेखि अवरुद्ध छ । पहिरो झर्ने क्रम नरोकिएको हुनाले सडकमा आएको माटो तथा गेगरको अवरोध हटाउन समस्या भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu