Connect with us
Kapilvast Forest

गुल्मीदरबारका शाखा प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन : सम्झौता

२०७९, १९ श्रावण बिहीबारमा प्रकाशित

तम्घास- गुल्मीदरबार गाउँपालिकाले पालिका भित्रका शाखा प्रमुख कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वार्षिक रुपमा गर्नुपर्ने कामहरुको बारेमा आर्थिक वर्षको सुरुवातमै शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

शाखा प्रमुखहरुसँग प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । शाखा अन्र्तगतका संस्थाहरुसँग शाखा प्रमुखले सम्झौता गर्नु पर्नेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापासँग सम्झौता गर्नुभएको छ । कार्यसम्पादन सम्झौताअनुसार राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र कार्य सम्पादन नगर्नेलाई दण्डित गर्ने व्यवस्था समेत गरिएको पाण्डेले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu