Connect with us
Kapilvast Forest

आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिनभर पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ।

यता धनकुटा मुलघाटस्थित तमोर नदीमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा विहान ७ः३० बजेसम्म पानीको वहाव सात मिटर माथि पुगेको छ । महाशाखाले सप्तकोशी नदी चतरा, सुनकोसी, अरूण नदीमा पनि जलसतह बढ्दो रहेको जनाएको छ । चतरामा सतह सतर्कता आसपास पुग्न लागेको छ भने उदयपुर तर्फ थप कटान हुन सक्ने, उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा खतरा हुनसक्ने भन्दै थप उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu