Connect with us
Kapilvast Forest

एकपटक प्रधानमन्त्री बन्ने नेता प्रकाशमानको चाहना

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै उहाँले देशको विकास गर्ने छुट्टै प्रकारको रोडम्याप आफूसमक्ष रहेकोजानकारी दिनुभएको छ ।

आफूसँग भिन्न प्रकारको अनुभव रहेको, असल नियत भएकाले देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताउनुभयो । उहाँले बतउनु भयो ।

नेपालको प्रगतिलाई अघि बढाउन ग्रिन इनर्जीको विश्वमा वातावरण आइरहेको छ । प्रदूषणको कारणले गर्दा मानवजातिले कल्पना नै नगरेको समस्या भोग्नु परिरहेको छ । नेपालका विज्ञहरु हाइड्रोबाट उत्पादन हुने ग्रिन इनर्जी आफ्नो ठाउँमा छ, विकासले फड्को मारिसकेको छ ।

ग्रिन इनर्जी पनि हाइड्रो इनर्जी भन्दा सस्तो हुने गरेर नेपालमा चिप रुपमा हाइड्रो उत्पादन गर्नसक्ने राष्ट्र हो । देशको अर्थतन्त्र एकैपटक माथि उठाउनसक्ने हाइड्रोको उत्पादनका कुरामा ध्यान दिन जरुरी भएको छ ।

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सत्ता गठबन्धनको बलियो मोर्चाबन्दीले रोइरहेको बताउनुभयो । उहाँले एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाउनु छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu