Connect with us
Kapilvast Forest

पेन्सन बुझ्न झुलाघाटमा छ दिन

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

बैतडी- जिल्लाको शिवनाथ गाउँपालिकामा एसबीआई बैङ्कको शाखा भए पनि भारतीय सेनाबाट सेवा निवृत्त भएकाले झुलाघाट पुगेर पेन्सन बुझ्दै आइरहेका छन्।
नेपाल–भारत सीमा नाका झुलाघाट पुगेर छ दिन पालो कुरेर पेन्सन लिनुपर्ने बाध्यता उनीहरूको हो ।

भारतीय सेना गोरखा रेजिमेन्टबाट सेवा निवृत्त आठ सय जनाभन्दा बढीले झुलाघाट पारिको भारतीय बैङ्कबाट पेन्सन बुझ्दै आइरहेका छन्। भारतीय स्टेट बैङ्क एसबीआई बैङ्क उत्तराखण्ड ग्रामीण बैङ्क र पोस्ट अफिस झुलाघाटले भारतीय सेनाबाट अवकाश पाएकालाई पेन्सन दिँदै आइरहेको छ।

पेन्सल लिन आउँदा सधैँ बैङ्कको इन्टरनेटले काम नगरेको भन्दै हप्तौँसम्म पालो कुरेर बस्नु पर्दा सास्ती खेप्नु परेको भूपू गोरखा जयदत्त जोशीले बताउनुभयो। पुरुषभन्दा पनि एकल महिलालाई पेन्सन बुझ्न झनै सास्ती हुने गरेको भएको बताइन्छ ।

सेवाग्राही वीरबहादुर चन्दले बीएसएनएलको इन्टरनेटले काम नगर्दा झुलाघाटमा छ दिनसम्म बस्नु परेको बताउनुभयो। उहाँले भन्नुभयो, “पेन्सन बुझ्न आउने बेला बैङ्कले सधैँ यस्तै भन्ने गरेको छ। छ दिनसम्म पालो कुरेर बस्दा आधा रकम त खान, बस्नमै सकिने गरेको छ।

उहाँले भारतीय सेना गोरखा रेजिमेन्टबाट अवकाश पाएका नेपालीले नेपालकै बैङ्कबाट पेन्सन लिने व्यवस्था मिलाइदिन दुवै देशका सरकारसँग माग गर्दै आएको भए पनि मागको सम्बोधन नभएको जानकारी दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu