Connect with us
Kapilvast Forest

बाबुराम किन अटाएनन् पाँच दलीय गठबन्धनमा ?

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

जनता- समाजवादी पार्टी नेपालबाट अलग भएर नेपाल समाजवादी पार्टी नेपाल गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा सहभागी हुन असफल भएका छन् । यद्यपि उनले गठबन्धनको प्रयासलाई भने छाडेका छैनन् ।

जारी नेपाल समाजवादी पार्टी नेपालको बैठकमा समेत उनले अगामी चुनावका लागि चुनावी गठबन्धनका लागि काँग्रेस, माओवादी केन्द्रलगायतका दलसँग कुराकानी भइरहेको बताएका छन् ।

काँग्रेस, माओवादी केन्द्रलगायतका दल सहभागी भएको गठबन्धनसँग सहमति नभए एमालेलगायत अन्य दलहरूसँग गठबन्धन गर्ने उनले योजना बनाएका छन् । चुनावी गठबन्धन बनाएर नै जाने नेता भट्टराईको जोड थियो । यद्यपि चुनावमा गठबन्धन बनाएर जाने कि एक्लै चुनाव लड्ने विषयमा पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन । जारी बैठकले त्यसको बारेमा निर्णय गर्ने जनाएको छ ।

यो पनि जसपा क्षेत्रीय दल हुँदै पतनको बाटोमा : बाबुराम भट्टराई

यसअघि जसपाबाट अलग भएको कारण आफू पनि पाँच दलीय गठबन्धनको हिस्सा भएको भन्दै नेता भट्टराई सोही गठबन्धनमा रहने इच्छा देखाएका थिए । तर गठबन्धनमा सहमति नभएको कारण बाबुराम भट्टराई अहिले बाहिर बस्न बाध्य छन् ।

स्रोतका अनुसार नेता भट्टराईप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सकारात्मक भए पनि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सकारात्मक नबनेपछि काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसबारे चासो नलिएका हुन् ।

बाबुराम भट्टराईसँग सुरुमा कुनै पार्टी नरहेको कारणले पनि गठबन्धनमा ल्याउन नेताहरूले रुचि नदेखाएको जसपाका एक कार्यकारिणी सदस्यले दाबी गरे । भट्टराईले समाजवादी केन्द्रमार्फत सत्ता गठबन्धनसँग नजिकिन खोजेका थिए तर प्रचण्डले समाजवादी केन्द्र बनाउनमा चासो लिएका छैनन् ।

प्रचण्ड वाम गठबन्धन बनाउनुपर्ने पक्षमा रहेका छन् भने नेता भट्टराई वाम गठबन्धन बनाउने पक्षमा देखाएका छैनन् । नेपाल समाजवादी पार्टीका एक शीर्ष नेताले भने, पहिलो प्राथमिकता सत्ता गठबन्धन र समाजवादी केन्द्र नै रहेको छ, त्यसपछि मात्र एमाले तथा अन्य दल रहनेछन् ।

नेता भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनलगायतका विषयमा पटक पटक छलफल गरिसकेका छन् । अन्तिममा नभए एमालेसँग गठबन्धन गरेर जाने सोचाई अध्यक्ष भट्टराईको रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu