Connect with us
Kapilvast Forest

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२०७९, २२ श्रावण आईतवारमा प्रकाशित

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा  लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक  गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो ।

ट्रक करिव सडक देखी दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu