Connect with us
Kapilvast Forest

हुर्किदै र पढ्दै असहाय बालबालिका

२०७९, २२ श्रावण आईतवारमा प्रकाशित

म्याग्दी- सानै उमेरमा बावुको मृत्यु र आमा अर्कैसँग विवाह गरि घर छाडेपछि सहाराविहिन हुनुभएकी कष्णकुमारी भण्डारीले अहिले बेनी बजार स्थित प्रकाश माविको कक्षा ९ मा अध्ययनरत छन् ।

सातवर्षको उमेरमै भण्डारीलाई बुवा र आमाको साथ गुमेपनि बेनी स्थित बालगृहले साथ दियो । घरपरिवारकै सरह स्यारसुसार र पारिवारिक वातावरण मिलेपछि भण्डारीलाई आमाबुवाको अभाव खड्किएको छैन । अभिभावक विहिन हुनुभएकी भण्डारीलाई आफ्नो फुपुले बालगृहको जिम्मालगाई दिनुभयो ।

म सात वर्षकी थिएँ,फुपुले मलाई यहाँ छाड्नुभयो भण्डारीले भन्नुभयो,‘मैले बुवा आमाबाट पाउने जस्तै माया यहाँ पाएकी छु । म बाल्यकाल छँदा बुवाको मृत्यु अनि आमा कता जानुभयो मलाई त्यतिबेलाको थाहाँ छैन । ९ वर्ष देखि बालगृहमा छु मेरो बुवा आमा भने पनि,घर भने पनि यही हो । भण्डारीले बताउनु भयो ।

भण्डारी मात्र होइन यहाँ सानै उमेरमा बावु आमा गुमाएका ४ जना सहित १० जना बालबालिकाहरुले आश्रय लिएका छन् । बालगृहको सहयोगमा बेनी सामुदायिक विद्यालयमा ४, प्रकाश माविमा २, न्यू वेष्ट पोइन्ट विद्यालयमा १ र बालमन्दिर विद्यालयमा ३ जना बालबालिकाले अध्ययन गर्दछन् ।

नेपाल बालसंगठनले सञ्चालन गरेको बालगृहमा उनीहरुलाई घरकै वातावरण अनुसार पालनपोषण र स्यारसुसार गरिन्छ । बालगृहले आमा, बावु, वा संरक्षक विहीन, वेवारिसे, असहाय अनाथ बालबालिकाहरुलाई आश्रय र खानपिन, सुरक्षा,पालनपोषण तथा शिक्षा प्रदान गर्दै आएको छ ।

अहिले बालगृहमा तिन छात्र र ७ छात्रा गरी १० जना बालबालिका छन् । उनीहरुलाई बेनीका विभिन्न विद्यालयहरुमा पठनपाठनको व्यवस्था बालगृहले मिलाएको छ । कक्षा १२ सम्मको पढाई सकेपछि उनीहरुलाई आफन्तको जिम्मा लगाउने गरिन्छ । बुवा आमा गुमाए वा अभिभावक शारिरिक रुपमा अशक्त भई छोराछोरीको पालनपोषण र पढाउन नसकेर असहाय भनेका बालबालिकाहरुलाई बालगृहले सहयोग गर्ने गरेको छ ।

बेनी नगरपालिका २ ज्यामरुककोटका वर्ष १६ का हिरा नेपालीले बेनीको प्रकाश माविमा कक्षा ९ मा अध्ययन गर्नुहुन्छ । नेपाली बालगृहमा बसेको ८ वर्ष भयो । ६ वर्ष हुँदा बुवा आमाको नेपालीले साथ गुमाउनुभयो । दाजु र वहिनी दुवै जनालाई बालगृहले आश्रय दियो । दाजु कृष्ण नेपालीले गत वर्ष एसईई उत्र्तीण गरेर अन्यत्र पढ्न जानुभयो, ‘हामी दुई भाई नै यही बालगृहमा हुर्कियौं । आफ्नै आमा बुवाको माया भन्दा यहाँ कुनै कुराको कमि छैन ।

बावु आमा गुमाएका र अभिभावक अशक्त भई हेरचाह गर्न नसक्ने साहाराविहिन बालबालिकालाई बालगृहले आश्रय दिने गरेको बालगृहका प्रमुख सुजन केसीले जानकारी दिनुभयो । दाताहरुबाट प्राप्त भएको चन्दा सहयोगबाट बालबालिकालाई पालनपोषण गरिएको उहाँले जनाउनु भयो ।

पछिल्ला वर्ष स्थानीय तहबाट सहयोग रकम आउन छाडेपछि बालगृह सञ्चालनमा कठिनाई भएको उहाँको भनाई छ । जन्म दिन र विवाह वर्षगाठका अवसरमा बालगृहमा आएर दाताहरुले सहयोग गर्ने गरेको उहाँले बताए ।

सीमित भौतिक पूर्वाधारका साथै बालगृह सञ्चालन गर्न बजेटको कमीका कारण चाहेजतिको संख्यामा बालबालिकालाई राख्न नसकिएको बालसंगठनका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुएका छन् । अहिले पनि २२ जना अनाथ बालबालिकाहरु सम्पर्कमा आएका छन् उहाँले भन्नुभयो ‘ति बालबालिकालाई राख्ने क्षमता हामीसँग छैन ।

व्यवसायिक प्रयोजनका लागि भाडामा लगाएवापत मासिक रुपमा ६० हजार रुपियाँ बालसंगठनलाई आम्दानी हुने गर्दछ । भाडा र चन्दा सहयोगबाट प्राप्त भएको आम्दानीले बालगृह सञ्चालन गरिएको अध्यक्ष शाक्यले बताउनुभयो । बालगृहलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारी स्तरबाट पनि सहयोग हुनुपर्ने उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu