भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
काठमाडाैँ- सिन्धुपाल्चाेककाे हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पाकाे सशस्त्र प्रहरीले सकुशल उद्धार गर्नु भएको छ । उहाँ गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोलामाथिको भीरमा अड्किनु भएकाे हो । सशस्त्र प्रहरी बल, नेपाल खानोपानी आयोजना, सुरक्षा बेस मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोलीले उहाँकाे उद्धार गरेको छ ।