Connect with us
Kapilvast Forest

वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

२०७९, २२ श्रावण आईतवारमा प्रकाशित

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन् । आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षारोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो ठाउँठाउँ हरित बनाउनुपर्ने बताउनु् भयो ।

उनले भने वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो हरियाली बनाउन म आग्रह गर्दछु । यसैगरी मन्त्री यादवले राउण्ड टेबल नेपाल संस्थाका युवाकोकामको प्रशंसा गर्दै भने, “वन जङ्गल जोगाउन तथा हरियाली बनाउनमा युवाको भूमिका उल्लेख्य छ, युवा अग्रसर भए मात्र हाम्रो देश पनि हरियाली हुनेछ र जङ्गल जागिनेछ ।

उक्त कार्यक्रममा मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंह लगायतले वृक्षरोपण गर्नुभएको मन्त्री यादवका प्रेस संयोजक विमलबहादुर विष्टले जानकारी गराउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj