Connect with us
Kapilvast Forest

बाबुराम र प्रचण्डबीच चुनावी मोर्चा बनाएर जानेबारे छलफल

२०७९, २६ श्रावण बिहीबारमा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार हात्तीवनस्थित एक घरमा भएको भेटवार्तामा उनीहरूबीच चुनावी मोर्चा बनाएर जाने लगायत विषयमा कुराकानी भएको थियो ।

बाबुरामले प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच आगामी चुनावबारे मोर्चा बनाएर जाने विषयमा कुराकानी गरेका हुन् । बाबुरामले समाजवादी पार्टी गठन गरेपछि दलका शीर्ष नेतालाई भेटवार्ता गरिरहेका छन्। उनले केही दिनअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका हुन्।

बाबुरामले आफूहरू सत्ता गठबन्धनमै रहन चाहेको र चुनावी गठबन्धन गरेरै जाने बताएका थिए । बाबुराम गोरखा २ बाट यसपालि पनि उम्मेदवार हुने तयारी गरिरहेका छन्।
चुनावी मोर्चा बनाएर जानेलगायत विषयमा उहाँहरूबीच आज छलफल भएको हो बाबुरामनिकट एक नेताले भने दलका शीर्ष नेतासँग भेटवार्ताकै निरन्तरता भएको थियो।
बाबुरामले समाजवादी केन्द्र बनाएर जानुपर्ने प्रस्तावसमेत राख्दै आएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu