Connect with us
Kapilvast Forest

घुस लिएको आरोपमा अधिकृतविरुद्ध मुद्दा

२०७९, २९ श्रावण आईतवारमा प्रकाशित

कैलालीको मोहन्याल गाउँपालिका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध ४४ हजार रुपियाँ घुस लिएको आरोप मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आइतबार अधिकृत बुढाक्षेत्रीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो।

साउन १ गते सेवाग्राहीबाट ३० हजार रुपियाँ घुस लिएको अवस्थामा बुढाक्षेत्रीलाई नियन्त्रणमा लिइएको थियो। आयोगले छैटाैं अधिकृत बुढाक्षेत्रीले सेवाग्राहीसँग सामानको बिल भुक्तानी गर्नका निम्ति १४ हजार रुपियाँ बैंक खातामा समेत ट्रान्सफर गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बुढाक्षेत्रीविरुद्ध कैद र जरिवाना सजायको माग दाबीसहित विशेष अदालतमा आइतबार मुद्दा दायर भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj