Connect with us
Kapilvast Forest

प्रतिनिधि सभाको अर्को बैठक ३१ गते बस्ने

२०७९, २९ श्रावण आईतवारमा प्रकाशित

प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएपछि बैठक स्थगित भएको छ । अर्को बैठक ३१ गते मंगलबार ११ बजे बस्ने छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले बैठकमा उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माको जवाफपछि सभामुखको आसनमा रहनुभएका उपसभामुख पुष्पा भुसालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि ११ सम्म उल्लेखित संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिरहँदा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गणना गरेर मात्रै अघि बढ्न अनुरोध गर्नुभयो ।

लगत्तै सभामुखले ३ मिनेटको घण्टी बजाएर गणपूरक संख्या गणना गर्न लगाउँदा एक चौथाइले हुने सदस्य संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ६७ जना मात्रै सदस्य उपस्थित रहनुभएकाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभएको उहाँका प्रेस संयोजक श्रीधर न्यौपानेले बताउनुभयो । अर्को बैठक ३१ गते मंगलबार ११ बजे बस्ने उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu