Connect with us
Kapilvast Forest

विवेकशील साझाको अध्यक्षमा समीक्षा

२०७९, २९ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं- विवेकशील साझा पार्टीमा नयाँ नेतृत्वबारे सहमति जुटेको छ । अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि बैठक नै बस्न नसकेको पार्टीमा नयाँ अध्यक्ष र संयोजकको नाममा सहमति जुटेको हो ।

त्यसअनुसार आइतबार ३ बजे पार्टीको बैठक बोलाइएको विवेकशील साझाका एक नेताले जानकारी दिए । उनका अनुसार अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाममा सहमति जुटेको छ ।

बाग्मती प्रदेशको संयोजक रहेकी बाँस्कोटा ३० वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् । बाँस्कोटा, निवर्तमान अध्यक्ष मिश्र पक्षका हुन् भने भट्टराई भने निर्देशक सिलवाल निकट हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu