Connect with us
Kapilvast Forest

रुपन्देहीमा लुटपाट गरी गुरुङ माथि गोली प्रहार

२०७९, ३० श्रावण सोमबारमा प्रकाशित

रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एकजना युवक गम्भीर घाईते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने बिकास गुरुङ घाईते भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा अज्ञात समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धर्थ कटेजमा करिब ११ बजे राती अज्ञात समूहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको थियो । लुटेराहरुले सो कटेजबाट दुई तोला सुन र केही नगद लुटेको बताइएको छ ।

प्रहरीका अनुसार घाइते गुरुङले मोटरसाईकलमा भाग्दै गरेका तीन जना लुटेराहरुको समूहलाई पछ्याउँदै गएर ओभरट्याक गर्दा आफुमाथि गोली प्रहार भएको बयान दिनुभएको छ ।

बायाँ कोखमा गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ । उहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले बताउनुभयो । गोली प्रहार गर्ने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu