Connect with us
Kapilvast Forest

ब्राउन सुगरसहित अटोचालक पक्राउ

२०७९, ३० श्रावण सोमबारमा प्रकाशित

pakrau

झापाको बिर्तामोड नगरपालिका –४ पुरानो बिजुली अफिस छेउबाट अटोमा लागुऔषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले अटोचालकलाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो साढे २ बजेको समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोरिक्सालाई रोकी चेकजाँच गर्दा पक्राउ परेकाे हाे ।

अटोचालक सुनसरी घरभई हाल बिर्तामोड डेरा गरी बस्ने वर्ष ४० को उमेश चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यसैगरी, चौधरीलाई थप सोधपुछ गर्दा सिराह अमरुवा गाउँपालिका -५ घरभई हाल बिर्तामोड नगरपालिका -३ मा डेरा लिई बस्ने प्रतीक्षा चौधरीसमेतको सम्लग्नता रहेको बताएपछि उनको समेत डेरामा खोजतलास गर्दा थप ५ ग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu