Connect with us
Kapilvast Forest

ओली-त्रिपाठी भेट : चुनावमा मिलेर जानेबारे छलफल

२०७९, ३० श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटमा नागरिकता विधेयक र चुनावी गठबन्धनबारे कुराकानी भएको त्रिपाठीले बताए ।

राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले २०७४ को प्रतिनिधिसभा चुनावमा पनि सूर्य चिह्न लिएर प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए । त्रिपाठी ओली सरकारमा छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्यमन्त्री बनेका थिए ।

गुप्ता एमाले प्रवेश गरिसके भने त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी बनाएका छन् । सोमबार भएको भेटमा चुनावमा ‘मिलेर जाऊँ’ भन्ने कुराकानी भएको त्रिपाठीले सुनाए । समानुपातिक र प्रत्यक्ष निर्वाचनको वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने भएकाले गठबन्धन अनिवार्य भएको उनले सुनाए ।

चुनावपछि हुने गठबन्धन अवसरवादी हुने भएकाले चुनावअघि नै गठबन्धन गर्नुपर्ने भन्दै त्रिपाठीले ओलीसँग भएको भेटबारे अनलाइनखबरसँग भने, ‘एउटा सत्ताधारी गठबन्धन बनेको छ । हामी पनि मिलेर जाउँ भनेर कुराकानी भएको छ ।’

उनका अनुसार नागरिकता विधेयक फिर्ता भएको विषयमा समेत ओलीसँग कुराकानी भएको थियो । हिजो ओली सरकारले पनि संसदबाट पास गरेको जस्तै नागरिकता विधेयक ल्याएको र प्रतिनिधिसभा विघटन भएपछि अध्यादेश नै ल्याएको स्मरण गर्दै त्रिपाठीले भने, ‘हाम्रो त हरहालतमा पास हुनुपर्छ भन्ने छ ।’

एमाले अध्यक्ष ओलीले चाहिँ के भन्नुभयो त भन्ने प्रश्नमा त्रिपाठीले भने, ‘राष्ट्रपतिले के (सन्देश) पठाउनुभएको छ हेर्न पाएको छैन । तर संसदको हातमा छँदैछ भन्नुभयो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu