Connect with us
Kapilvast Forest

वामदेव पनि माओवादीकाे चुनाव चिन्ह लिएर चुनाव लड्ने

२०७९, ३१ श्रावण मंगलवारमा प्रकाशित

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईपछि वामदेव गौतमबीच संयुक्तरुपमा चुनाव लड्ने स्वीकृत गरेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले मङ्गलबार बिहान पेरिसडाँडामा बसेको बैठकमा माओवादीले डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई स्वीकृत गरेको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै महराले भन्नुभयो, “स्थायी कमिटी बैठक बस्यो । आज एउटै विषय मात्रै थियो । डा. बाबुराम भट्टराईले माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्ने विचार व्यक्त गर्नुभएको छ, त्यसलाई हामी स्वागत गर्छौं । र, उहाँहरुलाई नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गाेलाकारभित्रकाे हसियाँ हथौडामा चुनाव लड्नका निम्ति हामीले उहाँहरूलाई स्वीकृत गर्यौं ।”

तर, यसमा केही शर्तहरु रहेकाले यस विषयमा गौतम र भट्टराईबीच थप छलफल हुने उहाँले बताउनुभयो ।यो विषयमा सत्ता गठबन्धनमा पनि छलफल गरेर टुङ्गो लगाउने कुरा भएको उल्लेख गर्नुहुँदै उहाँले माओवादी स्थायी कमिटी बैठक भोलि बुधबार बिहान ८ बजे पुनः बस्ने पनि बताउनुभयो ।

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक लगत्तै गठबन्धनको छलफलमा जानुभएको छ ।

आज निर्वाचन आयोगमा भने माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह दर्ता गर्ने तयारी भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu