Connect with us
Kapilvast Forest

अख्तियारले विद्यालयमा छापा मारेको विरोधमा पढाइ बन्द गर्ने चेतावनी

२०७९, २ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं -अख्तियार अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना माविमा बुधबार छापा मारेको विषयलाई लिएर सुर्खेतका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरुले विरोध जनाएका छन् ।

उनीहरले विद्यालयमा पठन पाठन बन्द गर्ने चेतावनीसमेत दिएका छन् । उनीहरुले अख्तियारबाट विद्यालयमा छापा मार्दा आत्मसम्मानमा चोट पुगेको बताएका छन् । उनीहरुले बिहीबार संयुक्त रुपमा सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ,‘अभिभावकबाट प्राप्त स्वेच्छिक सहयोगबाट सञ्चालित विद्यालयहरुमा विभिन्न निकाय, व्यक्ति र संस्थाहरुबाट पटक पटक गरिने अवरोध तथा अनुचित हस्तक्षेत्रका कारण विद्यालयको पठनपाठन, अभिभावककको भावना, विद्यार्थीको सपना र शिक्षक तथा विद्यालयका अभिभावकीय संस्थाहरुको मनोबल र आत्मसम्मानमा चोट पुगेको छ ।’

विरेन्द्रनगर नगरपालिकाभित्रका रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र प्रधानाध्यापकहरुको हस्ताक्षर रहेको विज्ञप्तिमा विद्यालयहरुको समस्या सम्बोधन नगरिए ७ गतेदेखि विद्यालयको पठनपाठन बन्द गराउने समेत चेतावनी समेत दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu