Connect with us
Kapilvast Forest

रविले भने : धेरैतिरबाट आग्रह छ, कहाँबाट लड्ने अध्ययनमा छु

२०७९, २ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले उम्मेदवारी दिने क्षेत्रको बारेमा अध्ययन गरिरहेको बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका लागि उम्मेदवार आह्वान गर्दै उनले आफूलाई धेरैतिरबाट चुनाव लड्न आग्रह गरिएको भन्दै आफूले कहाँबाट लड्ने भनेर अध्ययन गरिरहेको बताए ।

‘एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यै अध्ययन गरिरहेको छु,’ उनले भने, ‘ममाथि सिंगो पार्टीको जिम्मेवारी पनि त छ नि ।’ उनले आफूले छिट्टै उम्मेदवारी घोषणा गर्ने पनि बताए ।
हामीलाई झुक्किए भन्ने नै झुक्किए

उनले प्रदेश सभा चुनावमा भाग नलिने भनेर गरिएको घोषणबारे प्रष्ट पार्ने प्रयास गर्दै लामिछानेले प्रदेश सभामा समस्या रहेको र त्यसलाई ‘रिपेयर’ गर्नु पर्ने आफूहरुको माग रहेको बताए ।
प्रदेश सभामा दल दर्ता गर्नबाट चुकेका कारण भाग नलिने घोषणा गरेको भन्ने आरोप लागेको भन्दै उनले त्यसको खण्डन गरे । आफूहरुले प्रदेश सभा चुनावमा भाग नलिने निर्णय केन्द्रिय समिति बैठकबाटै गरेर दल दर्ता गरेको भन्दै लामिछानेले भने, ‘हामीलाई झुक्किए भन्ने साथीहरु नै हामी झुक्कियौं भनेर झुक्किनुभयो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu