Connect with us
Kapilvast Forest

कतिमा खरिद गरिएको हो तारकेश्वरको डिजिटल बोर्ड, यस्तो छ वास्तविकता !

२०७९, ४ भाद्र शनिबारमा प्रकाशित

नुवाकोट – तारकेश्वर गाउँपालिकाले कार्यालयमा डिजिटल बोर्ड राख्नका लागि झण्डै ६ लाख खर्चिएको विषयलाई लिएर अहिले निकै चर्चा भइरहेको छ । गाउँपालिकाले भ्याटसहित डिजिटल बोर्डमा ५ लाख ९६ हजार ६४० रुपैयाँ खर्चिएको देखिन्छ ।

बोर्ड काठमाडौंको अनामनगरस्थित इनोभेटिभ मिडिया एण्ड मल्टिपल बिजनेस प्रालि मार्फत खरिद गरिएको हो । सप्लायर्स कम्पनी इनोभेटिभ मिडियाका पदम सन्ज्यालले आफूले गाउँपालिकाको बोर्ड बनाउन ६४ हजारजति नाफा लिएको भन्दै यसमा कसैलाई कमिसन नदिएको स्पष्ट पारेका छन् । उनले बोर्ड ३२ स्क्वायर फिटको भएको र त्यसमा प्रतिस्क्वार फिट २ हजार मार्जिन राख्दा ६४ हजार नाफा रहेको बताए ।

यो गुणस्तरीय बोर्ड भएकाले पनि महँगो भएको भन्दै उनले यो सामान्य रातो स्कोलिङ बोर्ड जस्तो नभएको प्रष्ट पारे । यसको बजार रेट नै प्रतिस्क्वायर फिट १४ हजार देखि १६ हजार ५०० रुपैयाँ सम्म रहेको उनको भनाइ छ ।

यस विषयमा गाउँपालिका अध्यक्ष अधिकारीले भने कुनै आर्थिक अनियमितता नभएको दाबी गरे । विज्ञापनका सम्बन्धमा उठेको प्रश्न पुरानो स्थानीय सरकारको विषय भएको र डिजिटल बोर्ड यही सरकारले खरिद गरेपनि त्यसमा आर्थिक अनियमितता हुन नसक्ने बताए ।

‘कुनै कम्पनीबाट बोर्ड खरिद गरिएको हो । त्यो अध्यक्षले गएर किन्ने कुरा पनि भएन । कर्मचारीले प्रक्रिया सम्मत ढंगले किनेको हो’, उनले भने, ‘प्रश्न उठेपछि मैले कम्पनीमा फोन गरेर सोधेको थिएँ । त्यति पर्छ भन्ने जानकारी आएको छ ।’

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले बोर्ड खरिदका लागि तीन वटा सप्लायर्समार्फत कोटेशन मागेर नियम संगत ढंगले प्रक्रिया अघि बढाइएको भन्दै बोर्डको बिल भुक्तानी हुन पनि बाँकी रहेको बताए । ‘यो प्रश्न उठिसकेपछि हामीले सप्लायर्सलाई मूल्य समायोजन हुन सक्छ कि सक्दैन भनेर मौखिक रुपमा भनिसकेका छौँ’, उनले भने, ‘यो सबैले बुझ्ने कुरा हो, भोलि बजार मूल्य अनुसार नै बिल कायम गरेर भुक्तानी हुने हुन्छ ।

अध्यक्ष अधिकारीले गाउँपालिकाको विकासका लागि काम गर्दा केही व्यक्तिले पूर्वाग्रह राखेको गुनासो गरे । उनले आफू नेतृत्वमा आएपछि गाउँपालिकामा अस्पताल निर्माण, तामाङ संग्रहालय, गाउँपालिका भवन निर्माणको काम सुरु भएको बताए । यस्तै सडक ग्राभेलिङ, व्यवस्थित कर संकलन केन्द्र निर्माण लगायतका राम्रो काम गर्दागर्दै केही कुण्ठा बोकेका मान्छेहरुले आफ्नो आलोचना गरेको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu