माओवादीले गर्यो चुनाव लक्षित प्रशिक्षणको घोषणा, लुम्बिनी प्रदेशमा कहिले ?
काठमाडौँ- सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले आगमी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सबै प्रदेशमा प्रशिक्षण तथा बैठक राख्ने भएको छ ।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराका अनुसार यही भदौ ८ गतेदेखि देशभर प्रतिक्षण तथा बैठक हुने भएको हो । उनका अनुसार आगामी ८ गते मधेस प्रदेशमा चुनाव लक्षित प्रशिक्षण तथा बैठक हुने भएको छ ।
यस्तै, ९ गते गण्डकी प्रदेश, १० गते १ नम्बर प्रदेश, ११ गते लुम्बिनी प्रदेश, १२ गते बागमती प्रदेश, १३ गते विशेष कमिटीमा प्रशिक्षण तथा भेला हुने भएको छ । यसैगरी १५ गते सम्पर्क सम्वनयन समिति, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण हुने प्रवक्ता महराले जानकारी दिए ।