आईएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न
काठमाडौं-आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शनिबार होटेल ‘द सोल्टी’मा समारोह बीच आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२२’ सम्पन्न भएको छ ।
कम्पनीमा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो ।
अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकाल लगायत कम्पनीका संचालक समितिका अध्यक्ष र अन्य सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्षले बीमा क्षेत्रमा अवसरै अवसर भएको चर्चा गर्दै मुलुकको आर्थिक विकासमा बीमाको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याउन सकिने बताउनुभयाे । कम्पनीले पाँचौ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र आईएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकालले पाँच वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्नु पर्ने आवश्यकतामा जोड दिनुभयाे।