राजकीय सम्मानकासाथ गिरिको अन्तिम बिदाई – फाेटाेफिचर
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँकाे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँणसहित अन्य मन्त्रीहरू आर्यघाट पुग्नुभएको थियाे । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरू प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागबत्ती दिनुभयाे ।
