कपिलवस्तुबाट डुलक्स (Dulux) पेन्टसको डिलर फिर्ता
सनिउल्ला धोबी,
कपिलवस्तु- कपिलवस्तुको व्यापारिक नगरी चन्द्रौटामा रहेको जय माँ लक्ष्मी ट्रेडर्सले एक प्रेस विज्ञप्ती जारी गर्दै डुलक्स (Dulux) कम्पनीको पेन्टस डिलर फिर्ता गरेको जनाएको छ । पेन्टसमा आएको खराबीका कारण सेवाग्राहीले गुनासो गरेपछि डुलक्स (Dulux) कम्पनीको डिलर फिर्ता गर्ने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जय माँ लक्ष्मी ट्रेडर्सका सन्चालक सुरेश जयसवालद्धारा हस्तक्षरित विज्ञप्तीमा धेरै घरहरु एक वर्ष नपुग्दै कलर उड्ने, फिका हुने, पपडी बनेर उक्कीने आदी समस्याहरु आएकोले डिलर फिर्ता पठाइएको जनाइएको छ ।
सो विज्ञप्तीमा उक्त कम्पनीका प्रतिनिधिलाई पटक पटक जानकारी गराउँदा समेत कम्पनिले वेवास्ता गरेको उल्लेख गर्नु भएकोछ । डुलक्स (Dulux) कम्पनीको पेन्टस विक्रि गर्दा कम्पनीले समस्या समाधान तर्फ नलागी यस्तै हो भन्दै फर्कने गर्दा जय माँ लक्ष्मी ट्रेडर्सको शाखमा आँच आएको र ग्राहकहरु एकदमै भड्केको अवस्था सृजना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जय माँ लक्ष्मी ट्रेडर्सबाट उक्त डुलक्स ब्रान्डका सम्पूर्ण पेन्टसहरु फिर्ता पठाई कम्पनीको प्रतिनिधिलाई वारम्वार घरहरुको क्षती पूर्तिको व्यवस्था मिलाउन ताकेता गर्दा पनी वेवास्ता गरेकोले जय माँ लक्ष्मी ट्रेडर्सले उक्त कम्पनीलाई तिर्नुपर्ने केही रकम रोक्का गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यता डुलक्स (Dulux) पेन्टस कम्पनीका विरगंज प्रतिनिधी अन्नत महत्तोसग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । त्यस्तै कम्पनीका सन्देश प्रसाद पटेलसगं कुराकानी हुदाँ उहाले केही मिनेटमा कल गर्छु भन्दै फोन अफ गर्नुभएको छ ।
प्रेस विज्ञप्ती
