Connect with us
Kapilvast Forest

वडा अध्यक्ष पुरीको कामले वडावासीले राहत पाए

२०७९, ८ भाद्र बुधबारमा प्रकाशित

कपिलबस्तु
कपिलबस्तुको महाराजगंज नगरपालिका वडा नं ११ को वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरीको कामले वडावासीहरुलाई ठुलो राहत भएको छ ।महाराजगंज नगरपालिका वडा नं ११ अर्न्तगत रहेको वलरमवापुर गाँऊको बि.स २०५७ मा बनेको तर २०५८ देखि बन्द अवस्थामा रहेको ठुलो हरियाली डीप बोरिङ आफ्नो ब्यक्तिगत लगानीमा पुनः संचालन गराएको र जसमा नेपाल बिद्युत प्राधिकारण कृष्णनगरको प्रमुख श्री कमर आलम खाँ ज्यूको ठूलो योगदान रहेको वडा नं ११ को वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरीले जानकारी दिनु भयो ।
पुन: संचालनमा आएको डिप बोरिङ बाट पानी आए पछि किसानहरुलाई राहत भएको स्थानीयहरुको भनाई रहेको छ।वडा अध्यक्ष बिगत ५ वर्ष जनताको सेवा गर्दै आएका हुन उहाँले आफ्नै लगानीमा मन्दिर निर्माण,बोरिङ जडान,हैण्डपम्प जडान जस्ता कार्य गर्दै आउनु भएको स्थानीयहरुले बताउछन । वडा अध्यक्ष पुरी स्थानीयतह सदस्य निर्वाचन २०७९ मा वडा अध्यक्ष निर्वाचित हुनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu