Connect with us
Kapilvast Forest

गाउँमै स्नातकोत्तर पढ्ने विद्यार्थीका सपना साकार

२०७९, ९ भाद्र बिहीबारमा प्रकाशित

तनहुँको एक क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ल्याएपछि तीन जिल्लाका पाँच पालिकाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेभएको छ । गाउँमै स्नातकोत्तर पढ्ने सपना पुरा हुने भएपछि अभिभावक र विद्यार्थीमा खुसी छाएको छ । भानु नगपालिका –११ मानेचौकास्थित त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन प्राप्त गरेपछि गाउँमै पढ्ने सपना पुरा हुनेभएको हो ।

गाउँमै स्नातकोत्तर तहको पढाइ नहुँदा आर्थिक कठिनाइ भएका विद्यार्थीले अध्ययनलाई अगाडि बढाउन पाएका थिएनन् । अब त्यो व्यवस्था भएपछि विद्यार्थीमा खुसी छाएको क्याम्पस प्रमुख रविन्द्रराज जोशीले बताउनुभयो । ‘गाउँमै स्नातकोत्तर पढ्न पाउँदा अभिभावक र विद्यार्थीमा खुसी भएका छन्, क्याम्पस प्रमुख जोशीले भन्नुभयो, “दश वर्ष अघिदेखि गरिएको प्रयास सफल भएको छ ।”

पूर्व शिक्षामन्त्री गोविन्दराज जोशीको विशेष पहलमा सो सम्बन्धन प्राप्त भएको क्याम्पस प्रमुख जोशीले जानकारी दिनुभयो । तनहुँको भानु नगरपालिकाका अतिरिक्त लमजुङको तीन नगरपालका सुन्दरबजार, मध्यनेपाल, राईनाश, गोरखाको पालुङटार गरी पाँच वटा पालिकाका विद्यार्थीलाई अध्ययनमा सहज हुने क्याम्पसले जनाएको छ ।

भानु नगरपालिका क्षेत्रमै पहिलो पटक सो सम्बन्धन प्राप्त गर्दा गौरव महशुस भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । सहरमा बसेर अहिलेको महँगीअनुसारको खानपान, कोठा भाडा र मासिक शुल्कले मासिक १० हजारदेखि १५ हजार खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएकाले खुसी छाएको नगर प्रमुख त्रिपाठीको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu