Connect with us
Kapilvast Forest

कर्णालीका दुई मन्त्रीको राजीनामा

२०७९, १२ भाद्र आईतवारमा प्रकाशित

सुर्खेत-कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ। माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनुभएका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिनुभएको हो।

माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि उहाँहरुले राजीनामा दिनु भएको हो। माओवादी केन्द्रले अब उहाँहरुको ठाउँमा दुई जना प्रदेश सभा सदस्यलाई मन्त्रीका लागि सरकारमा पठाउँदैछ। प्रदेश सभा सदस्य रातो कामी र कृष्णा शाह कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने तयारीमा हुनुहुन्छ।

कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी गठबन्धनको सरकारमा छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu