Connect with us
Kapilvast Forest

कपिलवस्तुमा १ सय ५७ औ मोतिराम जयन्तीको अवसरमा कबिता बचान

२०७९, १२ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु- १५७ औ मोतिराम जयन्तीको अवसरमा कपिलवस्तुको तौलिहवमा कबिता बचान र श्रद्धाञ्ली कार्यक्रम गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा बिश्व नेपाली साहित्यिक समाज र नव कपिलवस्तु साहित्यिक समाजको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कबि मोतिराम भट्टले नेपाली साहित्यको विकासमा गरेको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा सहभागीत वक्ताहरुले साहित्य क्षेत्रको विकासका तिनै तहका सरकारले खासै चासो नदिएको र श्रष्ट्राहरुको सम्मान समेत नगरको भन्दै गुनासो पाखेका थिए ।

कार्यक्रममा ७ जनाले कबिता, २ जनाले मुक्तक, २ जनाले गीत बाचन गरेको थिए । सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उम मेयर सुनिता गुप्ताले देशको अमुल्य निधिहरुको राज्यले सम्मान गर्नु पर्ने बताईन । उनले साहित्य क्षेत्रको विकासकालागि आफनो पालिकाले समेत बजेट बिनियोज गरिने उनले बताईन ।

सकुन्ताला पौडेकाले अध्यक्षता भानु चुर्तबेदीको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघ कपिलवस्तृका अध्यक्ष किरणमान बज्राचार्य, पशुपति प्रताप पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेय, रबि चन्द शाक्य, वरिराम चौरसिया लगायतले मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu