Connect with us
Kapilvast Forest

प्रदेशसभा सदस्यमा टानका निवर्तमान अध्यक्ष सुवेदीलाई दबाब

२०७९, १३ भाद्र सोमबारमा प्रकाशित

धादिङ- सरकारले आगामी मंसिर ४ गतेका लागि संघ र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन घोषणा गरेसँगै मुलुक विस्तारै निर्वाचनमय बन्दै गएको छ । शहरदेखिगाउँमा संघ र प्रदेशसभाको उम्मेदवार को बन्ला र कसलाई बनाउने भन्ने चर्चा बढ्न थालेको छ ।

यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङको क्षेत्र नं २ अन्तर्गत प्रदेशसभाको (क) मा भने वरिष्ठ पर्यटन व्यवसायी एवम् नेपाली कांग्रेस नेता खुमबहादुर सुवेदीको चर्चा बढेको छ । भर्खरै मात्र टानको दुई वर्षे सफल कार्यकाल पूरा गरेर बाहिरनुभएका सुवेदीले पनि प्रदेशसभा सदस्यमा आफ्नो स्वभाविक दाबेदारी रहेको बताउनुभएको छ।

उहाँ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ । भर्खरै मात्र सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन उहाँले निकै ठूलो सक्रियता देखाउनु भएको थियो ।

व्यवसायसँगै धादिङको विकास र समृद्धिका लागि योग्दान दिदै आउनु भएका सुवेदीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनुपर्ने आवाज धादिङ कांग्रेसमा पनि उठेको छ । उर्जाशिल र गतिशिल सुवेदी प्रदेशसभा (क) को उनी बलियो दाबेदार भएको विश्लेष्ण गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu