Connect with us
Kapilvast Forest

पशुपतिका चारवटै ढोका खुला, पूर्वी ढोका १४ वर्षपछि खोलियो

२०७९, १४ भाद्र मंगलवारमा प्रकाशित

काठमाडाै – तीजको अवसरमा पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुला गरिएको छ । बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसपालि दर्शनार्थीको सहजताका लागि पशुपतिको पूर्वी ढोका दिनभरि नै खुला गरिने छ । यसअघि यो ढोका शिवरात्रिका बेला केहीबेर खुलाइएको थियो ।

पशुपतिनाथको पूर्वी ढोका २०६५ सालपछि पहिलोपटक दिनभरिका लागि खोलिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । यस वर्ष कोटेश्वर–तीनकुने -सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । तेस्रो लाइन गौशाला–पिङ्गलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । लाइनै पिच्छे स्वयम्सेवक परिचालन हुनेछन् ।

मूल मन्दिरभित्र भने महिला सुरक्षाकर्मी र महिला स्वयम्सेवक मात्रै खटिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले भक्तजनले सजिलै पशुपति मन्दिरको दर्शन गर्न पाएका छन् ।

दिउँसोको समयमा भने भिड अझ बढ्न सक्ने भएकाले त्यही अनुसारको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भक्तजनको स्वास्थ्यलाई ख्याल गर्दै पशुपति परिसरमा स्वास्थ्य शिविर पनि राखिएको छ । यस्तै, ठाउँ ठाउँमा पानी, जुस लगायतको पनि

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu