Connect with us
Kapilvast Forest

निर्माणाधीन सडक तथा नालाको काम दुई वर्षदेखि अलपत्र

२०७९, १७ भाद्र शुक्रबारमा प्रकाशित

दुई वर्षदेखि सडक निर्माण अवरुद्ध
कपिलवस्तु नगरपालिका–६, निगालीकोट–थुम्हवा निर्माणाधीन सडक तथा नालाको काम दुई वर्षदेखि अलपत्र परेपछि स्थानीयवासीले आवतजावतमा सास्ती खेप्नुपरेको छ। झन्डै चार वर्ष पहिला खाडल खनेर सुरु गरिएको सडक निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको स्थानीय बताउँछन्।

ठेकेदार कम्पनीले ठेक्का सम्झौतापछि थोरै काम गरेर अलपत्र पारेको हो। सडक सम्याउन र नाली बनाउन खाल्डो खनेको तीन वर्ष हुन लाग्दा पनि थप निर्माण कार्य सुरु हुने अवस्था छैन। खनिएको गहिरो खाल्डोमा बालबच्चा डुब्ने डर त्यत्तिकै छ, स्थानीय विष्णु कलवारले भन्नुभयो– सडक बनाउने भनेर घरको छत भत्काइदिए, अहिले अलपत्र पा-यो। तिलौराकोट–जगदीशपुर, निगालीकोट–सेमरी, सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवामा एकैचोटि ७५ करोड रुपियाँको लागतमा १८ किलोमिटर पिचबाटो तथा नाली निर्माणका लागि सन्तोषी निर्माण सेवाले ठेक्का सम्झौता गरेको हो। सो सम्झौताअनुसार, २०७८ वैशाखसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि सडक खनेर अलपत्र र नालीको काम अधुरै राखेको छ ।

कोरोनाका कारण निर्माण कार्य केही समय ढिलो भएको दाबी निर्माण कम्पनीको छ। पाँच हजार दुई सय घनमिटर नाली बनाउने काम थियो, त्यो सकिएको दाबी गर्दै सन्तोषी निर्माण सेवाका प्रोप्राइटर उज्ज्वलराज कँडेलले भन्नुभयो– “बाँकी रहेको नालीको लागि फेरि मूल्याङ्कन गरेर पठाएका छौँ, थप भएर आउने बित्तिकै काम सुरु हुन्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu