Connect with us
Kapilvast Forest

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

२०७९, १८ भाद्र शनिबारमा प्रकाशित

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएको झाले जानकारी दिए । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाँच वर्ष यो पदमा रहेका छन् ।

राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको तयारी गर्दैछन् । झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउन लागेको झाले जानकारी दिए ।

२०७४ को निर्वाचनमा महोत्तरी-३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu