Connect with us
Kapilvast Forest

एउटै गाउँमा ८ विद्यालय, विद्यार्थी भन्छन् नेपालको राष्ट्रपती मिश्र हुन्, प्रधानमन्त्री जावेद

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

 सनिउल्ला धोबी- न्युज सेन्टर नेपाल-कपिलवस्तुको कृष्णनगर नगरपालिका ६ भिल्मी गाउमा मात्रै ८ वटा शैक्षिक संस्था रहेका छन् । भिल्मी गाउँमा १ सामुदायिक विद्यालय, ५ मदरसा , २ निजि विद्यालय रहेका छन ।

अझै अच्चमको कुरा के हो भने ८ वटै शैक्षिक संस्थाहरु ४ सय मिटर दुरि भित्रै रहेका छन् । शैक्षिक संस्था हुनु राम्रो पक्ष हो तर शैक्षिक गुणस्तर भने निकै कम रहेको छ ।

विद्यार्थिलाई नेपालको प्रधानमन्त्रीको नाम भन्नुस भन्दा जाबेद आलम भन्छन् । जाबेद आलम कृष्णनगरका ६ का वडा अध्यक्ष हुन् ।

त्यस्तै देशको राष्ट्रपतिको नाम भन्नुस भन्दा त्यस क्षेत्र वासिन्दा पुर्व राज्य मन्त्री ईश्वर दयाल मिश्रको नाम लिन्छन् । एकै स्थानमा ८ विद्यालय हुदा कुनैमा १ सय कुनैमा १ सय ५० विद्यार्थी मात्र रहेका छन् ।

भिल्मीमा मदरसा एहाउ सुन्न,मदरसा उसमान विन अफ्फन, मदरसा अतिकुल मदरिस, अहलेसुन्नत (क), अहलेसुन्नत (ख), सरस्वती आभारभुत विद्यालय भिल्मी, लाइफलाइन चिल्ड्रेन एकेडेमी र आरपी बोर्डिङ स्कुल रहेका छन् ।

८ मध्ये दुई वटा मदरसा अझैसम्म दर्ता नभएको स्थानीयले बताए । मदरसा दर्ता नभएपनि मदरसामा पढाइ भने गत बर्ष देखि नै संचालकमा रहेका छन् । विद्यार्थि नियमित रुपमा पढ्न आउने गरेको स्थानीयले बताए ।

भिल्नीमा धेरै विद्यालय खुल्नुको कारण गाउका मानिसहरु एकआपसमा मिल्न नसक्नु रहेको स्थानीयले बताएका छन । सानो विवाद हुदा अर्कै विद्यालय खोलि केहिलाई रोजगारीको ब्यवस्थापन हुने गरेको र आफ्नो बालबालिका पढान पाउने भएकाले विद्यालय खोल्ने होड चलेको छ ।

कृष्णनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थि भन्नु हुन्छ एकै गाउँमा एतिधेरै शैक्षिक सत्र हेर्दा अचम्म लाग्छ । पन्थिले भने “म आउनु भन्दा पहिले नै अनुमति लिएर खुलेका शैक्षिक संस्थाहरु हुन् यति धेरै अनुमति दिनु हुदैन्थ्यो।”

शैक्षिक गुणस्तरको निम्ति विद्यालयमा पटक पटक अनुगमन गरिएको शिक्षा शाखा प्रमुख पन्थिले बताउनु भयो ।
नेपाल सरकारबाट धर्मिक विद्यालय मदरसालाई एकमुष्ट २ लाख ४० आउने भएकाले मदरसाको संख्या बढेको हुन सक्ने पन्थिले बताउनु भयो । भिल्मीका केहि शैक्षिक संस्थामा राम्रो पढाइ हुने गरेको पन्थिको भनाई रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu