Connect with us
Kapilvast Forest

काङ्ग्रेसबाट काभ्रे क्षेत्र २ (क) मा चौलागाईं सिफारिस

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

काभ्रे – नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नम्बर २ ले प्रदेश सभा (क) को प्रत्यक्ष तर्फको उम्मेदवारमा होमराज चौलागाईंलाई सिफारिस गरेको छ ।

चौलागाईंलाई प्रदेश सांसद उमेदवार बनाउन प्रदेश कमिटीले सिफारीस गरेकाे हो । उहाँ राजनीति र समाजसेवाम निकै सक्रिय हुनुहुन्छ । उद्यमी चौलागाईं स्थानीय विकास निर्माणमा समेत आफ्नो सहयोग गर्दै आउनुभएकाेले सो क्षेत्रमा उहाँलाई बलियो दाबेदारको रुपमा हेरिएको छ ।
चाैलागाई नेपाली काङ्ग्रेसको बागमती प्रदेशको कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।
आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन हुदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj