पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु
दिपक पोखरेल-
पाल्पामा घर बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको जन्तेढुंङ्गा ३ घर भई हाल तानसेन नगरपालिका १ गैरागाउँ बस्ने ३४ वर्षीय महेश राई रहेको प्रहरीले जनाएको छ ।
आज बिहान तानसेन ४ सिलखानटोलमा घर बनाउने क्रममा करेन्ट लागेका राईको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।