Connect with us
Kapilvast Forest

निजामती सेवा दिवस: मेयर पौडेलले गरे १७ औ पटक रक्तदान

२०७९, २२ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु -१९ औ निजामती सेवा दिवसको अवसरमा तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा रक्तदान र फलफुल बितरण गरिएको छ । कर्मचारी मिलन केन्द्रको आयोजना र नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेश ( नेपाल जनस्वास्थ्य संघ; लुम्बिनी प्रदेश नेपाल), कपिलवस्तु अस्पताल, नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखा लगायतको सहकार्यमा सो कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा समेत गरी १७ औ पटक रक्तदान गरेका कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रक्तदान जिवन दान भन्ने नारालाई आत्मसात गर्दै सबैलाई रक्तदान गर्न अपील गरे । उनले दिवसका अवसरमा रचनात्मक काम गरिएको भन्दै कर्मचरीहरु स्थायी सरकार रहेको भन्दै प्रभावकारी सेवा प्रदान गर्न अपील गरे ।

सो अवसमा प्रजिअ धर्मेन्द्र कुमार मिश्रले कर्मचारीहरुले सेवाग्राहीलाई प्रभावकारी र छिटो. छरितो सेवा दिइए यो नै दिवसको असली मर्म हुने बताए । उनले कर्मचारीहरुले आफुलाई परिर्वन गरी जनताको मन जित्ने किसिमले काम गर्नु पर्ने बताए । रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटीका महामन्त्री संतोष श्रीवास्तवले बताए । कार्यक्रमा अस्पतालमा भर्ना भएका र प्रसुति गृहमा भर्ना भएका महिलाहरुलाई फलफुल बाडिएको थियो ।

सो अवसरमा प्रजिअ मिश्र र जिल्ला सुरक्षा अधिकारीहरुले अस्पतालको निरीक्षण समेत गरेको थिए । सो अवसरमा प्रजिअ मिश्रले अस्पतालमा सरसफाई राख्न र बेडलाई ब्यवस्थित राख्न आग्रह गरेका थिए । सहया प्रजिअ अनिल पौडेल सुरक्षकर्मी र कर्मचारीहरुले रक्तदान गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu